What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु
What To Know
- अध्यक्ष पनेरुका अनुसार नुवाकोटमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको उहाँले बताउनुभयो । “ क्लबले पहिलोपटक जिल्लामा निःशुल्क जुनियर फुटबल प्रशिक्षणको शुरुवात गरेका छौ, स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने लक्ष्यसाथ जुनियर उमेरका समूहलाई प्रशिक्षण दिइरहेको हौ ।”.
- जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले बिहान नियमित दुई घण्टा प्रशिक्षण दिनुहुने पिपलटार फुटबल क्लबले जनाएको छ ।.
जमुना गजुरेल
बिदुर । नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटवबल प्रशिक्षण शुरु गरेको छ । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।
अध्यक्ष पनेरुका अनुसार नुवाकोटमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको उहाँले बताउनुभयो । “ क्लबले पहिलोपटक जिल्लामा निःशुल्क जुनियर फुटबल प्रशिक्षणको शुरुवात गरेका छौ, स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने लक्ष्यसाथ जुनियर उमेरका समूहलाई प्रशिक्षण दिइरहेको हौ ।”
जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले बिहान नियमित दुई घण्टा प्रशिक्षण दिनुहुने पिपलटार फुटबल क्लबले जनाएको छ ।