पूर्ण रूपमा लकडाउन अन्त्य गर्ने सकारकाे निर्णय

काठमाडाैँ । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिनुभयाे ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

सरकारले भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

यस्तै, सामुहिक रुपमा खेलिने खेलबाहेक अन्य खेलहरुको प्रशिक्षण गर्न सकिनेछ ।

साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, टे«किङ र पर्वताराेहनकाे लागि बुकिगं खुल्ला हुनेछ । तर सामुहिक रुपमा भेला हुने जस्ता कुनै पनि कार्यक्रमहरु होटल र रेष्टुरेन्टमा गर्न नपाउने पनि सरकारका प्रवत्ता पनि रहनुभएका मन्त्री खतिवडाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *