पाल्पामा विहिबार देखि सार्वजनिक यातायात सञ्चालनमा आउने

सुनिल कार्की, पाल्पा ।
नेपाल यातायात व्यवासायि राष्ट्रिय महासंघले साउन ८ गतेबाट सार्वजनिक सेवा उपलब्ध गराउने भएको छ । कोरोना महामारीले ठप्प रहेको यातायात सेवालाई विहिबारबाट सञ्चालन गर्ने निर्णय भएको हो ।

यस्तै पाल्पाको विभिन्न क्षेत्रमा सेवा दिर्दै आएको श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि ले पनि साउन ८ गतेबाट सेवा दिने भएको छ । प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार विहिबारबाट श्रीनगर यातायातका सवारी साधनले सदरमुकाम तानसेन सहित विभिन्न ठाउँमा सेवा दिने जानकारी दिनुभयो । एक सुचना जारी गरी सार्वजनिक यातायात सेवा सञ्चालनको लागि कागजात अध्यवाधीक तथा सवारी साधनको अवस्था चेकजाँच गरी तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख गौतामले बताउनुभयो ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि चैत्र ११ गतेबाट लकडाउन हुँदा सार्वजनिक यातायात सेवा पुर्ण रुपमा बन्द भएको थियो । ४ महिना लामो लकडाउनका कारण यातायात सेवासँग आश्रित परिवारको रोजगारी गुम्नुका साथै उनिहरुको जिविको पार्जनमा समस्या भएको थियो ।

विहिबारबाट सार्वजनिक यातायातले सेवा दिन थालेपछि केही सहजता आउँने अपेक्षा लिईएको छ । सेवा लिनको लागि भने मक्स,सेनिटाइजर,सामाजिक दुरी भने कायम गरि सेवा उपलब्ध गराउनुपर्ने देखिएको छ । जसले बढ्दो संक्रमणको जोखिमलाई केही हदसम्म भए पनि कम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *