बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपा अध्यक्षद्वय ओली प्रचण्डको जुँगाको लडाईँ
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ । शुक्रबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भन्दै बैठक स्थगित गरिएको प्रधामन्त्री के पी ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बिहान समय मै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बिहीबार बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि शुक्रबार स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका थिए ।
गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन । ०००