कास्कीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी पौने ६ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति एक नातिनीको मृत्यु भएको हो ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको हमालले जानकारी दिनुभयो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *