बुटवल–पाल्पा सडक अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडकखण्डको गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आज विहान पौने ६ बजेतिर झरेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन प्रहरी चौकी प्रभासका प्रमुख एक्क बहादुर नेपालीको कमाण्डमा पहिरो हटाउने काम भईरहेको प्रहरीले जनाएको छ । पहिरो हटाउन सडक डिभिज कार्यालय पाल्पाको जेसिबिको प्रयोग गरिएको छ ।

७ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा पाल्पा हुँर्दै बुटवल जाने र बुटवल हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, पर्वत जाने सवारी साधनबीच बाटोमै रोकिएका छन् ।

बर्षायाम सुरु भएसँगै सिद्धार्थ राजमार्ग पटक पटक अवरुद्ध हुँर्दै आएको छ । दुई दिन अघि सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका ३ दोभानमा ठुलो ढुङगा सहितको पहिरो जाँदा तीन दिनसम्म राजमार्ग ठप्प भएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *