गुल्मीका दुई विद्यालय नमूना विद्यालयमा छनोट

मनोज कार्की
गुल्मी । जिल्लामा दुई विद्यालय नमूना विद्यालयको रुपमा छनोट भएका छन्् । मालिका गाउँपालिका वडा नं ८ सिमटारीको मालिका माध्यमिक विद्यालय र छत्रकोट गाउँपालिका वडा नं ५ मानकोटको आत्मबोध मावि नमूना विद्यालयमा छनोट भएका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मालिका माध्यमिक र आत्मबोध मावि विद्यालयलाई नमूना विद्यालयको रूपमा छनोट गरेको हो ।

नमूना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या, एसईईको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा (१ सय पूर्णांङ्क) मुल्यांकनको आधारमा नमूना विद्यालय छनोट गरिने बताइएको छ ।

आत्मबोध माध्यमिक विद्यालयले गत वर्ष व्यावसायिक तथा प्राविधिक तर्फ सिभिल इन्जिनियरिङ्ग अध्यापन अनुमति पाएको विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद ज्ञवालीले जानाकारी दिनुभयो । हाल विद्यालयमा ३० जना विद्याथीहरुले अध्ययन गर्दै आएका छन् ।

केही समय अगाडि मालिका माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति पाएको थियो । मालिका माध्यमिक विद्यालयले आवश्यक मापदण्ड पूरा गरेको हुनाले नमूना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य हेमराज पौडेलले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनका लागि मालिका माविले मालिका शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरेको थियो । यसै वर्षदेखि विद्यालयले वालीविज्ञान पठनपाठन गराउने तयारी गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *