What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रियल मड्रिडले जित्यो ला लिगाको उपाधि
What To Know
- एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।.
- यससँगै रियलले ३४ औं पटक ला लिगा फुटबलको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए ।.
एजेन्सी । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।
यससँगै रियलले ३४ औं पटक ला लिगा फुटबलको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए ।
भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि कब्जा गरेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ ।
बार्सिलोना गएराति नै भएको अर्को खेलमा ओसासुनासँग २–१ ले पराजित भएको छ । ०००






