तानसेन नगरपालिकाले दियो कृषकलाई यान्त्रिक उपकरण

तानसेन,पाल्पा ।
सुनिल कार्की ।
तानसेन नगरपालिका पाल्पाले कृषकहरुलाई यान्त्रिक उपकरण सहयोग गरेको छ । नगरपालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई कृषिमा आधुनिकिकरण र व्यवसायिक बन्न सहयोग पुरयाउने उद्येश्यले यान्त्रिक उपकरणहरु सहयोग गरिएको तानसेन नगरपालिका पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकाका विभिन्न वडाका कृषकहरुलाई २६ वटा कम्बाइन मिल वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएको कम्वाइन मिलले कुटानी पिसानीमा सजिलो हुने कृषकहरुले बताएका छन ।
तानसेन नगरपालिकाले ३७ वटा मिनी टिलर हाते टयाक्टर १३ वटा च्याप कटर घाँस काट्ने मेसिन तथा ५ वटा वोयर जातका विउबोका वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएको हाते ट्याक्टर पाउँदा कृषकहरु हर्षित भएका छन ।

????????????????????????????????????

आजभोली गाउँघरतिर पनि गोरु पाल्न तथा जोत्न कमी हुन थालेको छ । गोरु नपाइने, पाइएपनि महङगो पर्ने, कृषि काम गरी लगानी पनि नउठ्ने भएकोले कृषकहरु हाते ट्याक्टर थर्फ आर्कषित हुदै आएका छन ।
तानसेन नगरपालिकाले धेरै जग्गा जमिन हुने तर जोत्न गोरु नपाइने कृषकहरुलाई हाते टयाक्टर, पशु चौपाय धेरै पालेका कृषकहरुलाई कम्वाइन मेसिन वितरण गरेको छ । हाते टयाक्टर ३७ वटा, कम्वाइन मेसिन २६ वटा, घाँस काट्न च्याप कटर १३ वटा वितरण गरेको छ । त्यसैगरी व्यवसायिक पशुपालनका लागि ५ वटा वोयर जातका विउबोका वितरण गरेको छ ।

कृषिमा यान्त्रिकरण गरी व्यवसायिक बनाउने उद्येश्यले यान्त्रिक उपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *