सिन्धुपाल्चोक पहिरो : अझै भेटिएनन् बेपत्ता भएका २० जना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढी पहिरोमा बेपत्ता २० जनाको खोजी कार्य अझै जारी छ ।

बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गएको बुधवार राति बाढीपहिरोमा तीन जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला नपरेकाले भोटेकोशीले बगाएको शंका गर्न थालिएको छ ।

चार दिनदेखि मंगलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखिए पनि बेपत्ताको शव भेटिने सम्भावना निकै कम रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *