तानसेनलाई सुन्दर बनाउन नगर सरकारले छापेयो ढुङ्गा

पाल्पा,तानसेन ।
सुनिल कार्की ।
जिल्लाको सदरमुकाम तानसेनमा ढुङगा छापेसँगै बजार क्षेत्र सुन्दर देखिन थालेको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा ल्याउन तानसेनको तेस्रो सडक र सित्तलपाटीमा ढुङगा छापिएको हो ।

तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ । ढुङ्गाले छापिएका सडक र पुरानाशैलीका घर, मठमन्दिरका कारण यहाँको ऐतिहासिक महत्व रहेको छ । नगरपालिकाले पाल्पा आउने पर्यटकहरुका लागि लक्षित गरी तानसेनको भगवती मन्दिर, शितलपार्टी, पाल्पा दरवार, मखनटोल, हुलाक चोकदेखि सिल्खानसम्म ग्रेनाइट ढुङ्गा बिछ्याएको छ ।

सडकमा ढङ्गा छापेसँगै सडक फराकिलो बनेको छ । सडकमा ग्रेनाइट ढुङ्गा छापेपछि तानसेन बजारको स्वरुप नै बदलिएको छ । सडकमा बिछ्याएको ढुङगा टिकाउ र बलियो बनाउन सबैभन्दा तल ६ ईन्चको ढुङ्गाको सोलिङ्ग, त्यसमाथि ३ इन्च ढलाई, सिमेन्ट ढलाई माथि ग्रेनाइट ढुङ्गा छाप्ने काम हुँदै आएको छ ।

नगरका ठूला योजना अन्तर्गत तानसेन बतासे, सम्मोबारीको सडक चौडा बनाउने, भालेवासदेखि दमकडा जोड्ने सडक, वडा १ देखि वडा १२ जोड्ने सडक जस्ता ठूला पूर्वाधारका काम निरन्तर चलिरहेको तानसेन नगरपालिकाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *