तानसेन नगरपालिकाद्धार पाल्पाका क्रियाशील पत्रकारहरुको कोरोना विमा

पाल्पा,तानसेन ।
सुनिल कार्की ।
पाल्पाको तानसेन नगरपालिकाले पत्रकारहरुको कोरोना विमा गरि दिएको छ । जोखिम मोलेर रिपोटिङगमा खटिने पत्रकारको सुरक्षालाई मध्यनगर गरि विमा गरिएको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले जानकारि दिनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पामा आवद्ध ९५ जना पत्रकाहरुको विमा गरिएको मेयर शाहीले बताउनुभयो ।
तानसेन नगरपालीकाको सहयोगमा एक लाख बराबरको कोरोना विमा गरिएको हो । विमा पछि कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागी पत्रकारहरु सक्रिय रुपमा लागी पर्ने विश्वास गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिनुभयो ।

पत्रकार महासंघले कोरोना संग जुधौ, बाचौ र बचाऔं भन्ने सन्देशका साथ कार्यक्षेत्रमा खटिने विश्वास लिएको पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो । कोरोना संक्रमणका बेला पनि फिल्डमा समाचारका लागि खटिएका पत्रकारहरुको विमा गरिदिएको प्रति पाल्पाली पत्रकारहरुले नगरपालिकालाई धन्यवाद दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *