काठमाडौँमा कोरोना समुदायस्तरमा फैलिएको आशंका

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँमा कोरोना परीक्षणको लागि नमुना संकलनलाई तीब्रता दिएको छ ।

उपत्यकमा दिनानुदिन संक्रमितको संङ्ख्या बढ्दै जान थालेपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंकमा महाशाखाले नमुना परीक्षण बढाएको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सम्पूर्ण परीक्षणको रिपोर्ट नआइसकेकाले समुदायस्तरमा भाइरस फैलिएको बारे पुष्टि हुन बाँकी रहेको बताउनुभयो । अहिलेसम्म तीन हजार जना स्थानीयको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा संक्रमण देखिएको छ । उनीहरु अन्य कतैबाट नआएको पाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

महाशाखाका निर्देशक पाण्डेले कोरोना संक्रमणको दर घट्दै गएको र काठमाडौँ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ वटा ठाउँबाट नमुना सङ्कलन गरिएको बताउनुभयो । डा. पाण्डेले नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको बताउनुभयो । उपत्यकामा अहिलेसम्म संक्रमितको सङ्ख्या तीनसय ४७ पुगेको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *