What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

फेरि फुट्याे रबिन्द्र मिश्रकाे साझा पार्टी, छुट्टिए खनाल र आचार्य
What To Know
- काठमाडौं । साझा पार्टीमा फेरि धाँजा फाटेको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्य र मुमाराख खनालले औपचारिक रुपमा पार्टी छोडेका हुन् ।.
- पार्टी पुनःगठनको विषयलाई लिएर संयोजक रविन्द्र मिश्रसँग मतभिन्ता राख्दै आएका आचार्य र खनालले आफ्नो कुरा सुनुवाई नभएको भन्दै पार्टी निधो गरेका हुन् ।.
काठमाडौं । साझा पार्टीमा फेरि धाँजा फाटेको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्य र मुमाराख खनालले औपचारिक रुपमा पार्टी छोडेका हुन् ।
पार्टी पुनःगठनको विषयलाई लिएर संयोजक रविन्द्र मिश्रसँग मतभिन्ता राख्दै आएका आचार्य र खनालले आफ्नो कुरा सुनुवाई नभएको भन्दै पार्टी निधो गरेका हुन् ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यावाद दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए। केही समयअघि साझा पार्टीबाट उज्वल थापाको नेतृत्वमा एक समूह छुट्टिएर विवेकशील नेपाल दल घोषणा गरेको थियो। त्यो समूह त्यही नामबाट एकीकरण हुन पुगेकामा पछि फुटेर गएको हो ।
रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा चिनाउने गरेको छ ।