नेपालमा कोरोना संक्रमण दर घट्दै

काठमाडौँ । पछिल्लो साता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ ।

तुलनात्मक रुपमा काठमाडौँ उपत्यकामा केही सङ्ख्या बढी देखिए पनि संक्रमितको समग्र सङ्ख्यामा भने कमी आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सङ्ख्या १६ हजार ८ सय १ पुगेको छ । नेपालमा अहिले सकृय संक्रमित आठहजार १७४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै, आज काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा अहिलेसम्म संक्रमितको सङ्ख्या तीनसय ४७ पुगेको छ ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा संक्रमण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा आठहजार १७४ रहेका छन् । आज १४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेहरुको सङ्ख्या आठहजार ५ सय ८९ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *