आकाशियो नम्बरी सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा यो मूल्य २ सय रुपैयाँले बढी हो । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य साबिक दिनको तुलनामा १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँ पुगेको छ ।

लकडाउनका बीच बजार खुलेदेखि नै नेपाली बजारमा सुनको मूल्यमा भारी उतारचढाप आइरहेको छ । गत साता नेपाली इतिहास मै सुनको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । लकडाउनका कारण कारोबार खासै नभए पनि मूल्य भने बढीरहेको छ । स्थानीय बजारमा सूनचाँदीको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *