हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
समुद्रफिनी धान लगाउने किसानलाई प्रोत्साहन
बिदुर । नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बजेट छुट्याइ किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ ।
साविकको शिखर बेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत नाम कमाउन सफल रहेको समुन्द्रफिनी लोपहुँदै गएका कारण सो गाउँपालिकाले आफ्नो ठाउँको नाम राख्न र धान वृद्धि गर्ने उद्देश्यले नयाँ बजेटमा रु पाँच लाख छुट्याएको छ ।
उक्त धान लगाउने किसानलाई प्रोत्साहन गर्ने र धान लगाएबापत आर्थिक सहयोगसमेत गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष योगेन्द्रसिंङ तामाङले जानकारी दिनुभयो ।