नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडाैँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजेपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । त्यो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।
कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने बताइएको छ । ०००