बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई प्रहरीले पक्राउ गर्ने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ ।
बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले यसअघि गरेको स्वास्थ्य र सुरक्षा मापदण्डसहित बजार अनुगमन र कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, बिनामास्क बाहिर निस्कने, सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ ।
सरकाले लकडाउन खुला गरेपछि कतिपयले लापरवाही गर्न थाले पछि सङ्क्रमण फैलन सक्ने जाेखिम विचार गरी सरकारले याे कदम चालेकाे हाे ।