सन्दीप अहिलेसम्मकै महँगो मूल्यमा जमैका तलावाजमा आवद्ध

What To Know

  • ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा थिए। सन्दीपले लगातार तेस्रो सिजन सीपीएल खेल्ने भएका हुन्।.
  • २०१८ को सिजन सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए। कोरोना भाइरसका कारण यो पल्टको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो। तर, ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन भने बाँकी छ।.

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने यो सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्।

सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टोलीमा राखेका हो । सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए।

गएको असार १० गते गरिएको ड्राफ्ट सोमवार साँझ सार्वजनिक गरिएको छ । सन्दीपआवद्ध टोलीमा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन्।

ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा थिए। सन्दीपले लगातार तेस्रो सिजन सीपीएल खेल्ने भएका हुन्।

२०१८ को सिजन सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए। कोरोना भाइरसका कारण यो पल्टको लिग एक देशमा मात्र हुने तय छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो। तर, ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन भने बाँकी छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *