बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

संघीय संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएसँगै बजेट अधिवेशन अन्त्य भएको हो ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर संसदको कुनै विजनेस छ ? भनी प्रश्न गर्नु भएको थियो ।
मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाउनु भयो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग शीतल निवास पुगेर ४० मिनेटजति परामर्श गर्नु भएको थियो ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको बजेट अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर, अधिवेशन अन्त्य भएसँगै ती विधेयक सदनमै थन्किका छन् ।
कोरोना महामारीकैबीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ भने केही विधेयकहरु पनि पारित गरेको छ ।०००