नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय कायम गरिएको छ । यो मूल्य बिहीबारको तुलनामा ५ सय रुपैयाँले कम हो । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
केहीदिनदेखि लगातार उकालो लागिरहेको सुनको मूल्य साताको पाँचौ दिन उँधो लागेको हो । पछिल्लो दुई दिनमा मात्रै सुनको दरभाउ १२ सय रुपैयाँले घटेको छ ।
चाँदीको मूल्य साविक दिनको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।