बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काेराेना संक्रमित ४५ दिने शिशुकाे मृत्यु
काठमाडाैँ । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा एक डेढ महिले शिशुकाे मृत्यु भएकाे छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा बुधबार राति मृत्यु भएकाे हाे ।
म्याग्दी घर भएका ४५ दिने शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिनुभयाे ।