हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
घरायसी ग्राहकका लागि विद्युतको महशूल घट्यो
काठमाडौँ । सरकारले घरायसी ग्राहकका लागि विद्युतको महशूल घटाएको छ । ५ एम्पियरको लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्ने छ । उनीहरुले विजुलीको शुल्क तिर्नुपर्ने छैन ।
यही असारदेखि लागू हुने गरी यो महशूल दर तोकिएको विद्युत नियमन आयोगले जनाएको छ ।
५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महशूल तोकिएको छ ।
२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट दर तोकिएको छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियूनिट तिर्नुपर्ने छ । ०००