कोरोनाबाट नेपालमा २० जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँके बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बाँकेमा यसअघि जेठ ४ गते २५ वर्षका पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । अहिले मृत्यु हुने ती महिलाको सोमबार उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । मृतक निमोनियाको रोगी समेत भएको बताइएको छ ।

अहिलेसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाका कारण ती महिलाको मृत्यु भएको भने पनि स्वास्थ्य मन्त्रालयले भने आधिकारीक पुष्टि गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६ हजार ५ सय ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *