हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काेराेनाबाट नेपालमा थप एक महिलाकाे मृत्यु
नेपालगन्ज । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण देखिएको छ । गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।
दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको ज्यान भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।
उनले ती महिलाको अाईसियुमा राखेर उपचार गरिएकोले अाईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ ।
बैजनाथकी महिलाको मृत्युुसंगै बाँकेमा काेराेनाबाट मर्नेको संख्या दुई पुगेकाे छ ।
यसअघि जिल्लाकाे नरैनापुरमा भारतकाे मुम्बईबाट अाएका एक युवककाे क्वारेन्टाइनमा मृत्युु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँ बस्तीका ती युवकको मृत्युु पछि परिक्षण गर्दा काेराेना पुष्टि भएको थियो ।