बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सरिता गिरीको सांसद पद निलम्वन हुने
काठमाडौं । सरिता गिरीको सांसद पद निलम्वन हुने भएको छ । पार्टीको ह्विप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई कारवाही गर्न लागेको हो । पार्टीको ह्विप उल्लंघन गरेका कारण गिरीलाई समाजवादीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।
गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर सांसद गिरी नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी थिइन् । उनी बैठक नै बहिस्कार गरेर संसद भवनबाट बाहिरिएकी थिइन् ।
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।
समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।
संसदमा गरिले दिएको अभिव्यक्ति र अडानको विषयलाइ्र्र लिएर उनको चौतर्फी बिरोध हुँदै आएको छ ।