यी हुन् ऐतिहासिक संविधान संशोधनमा अनुपस्थित सांसदहरु (नामावलीसहित)

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ सर्वसम्मतीले पारित भएको हो । नयाँ नक्शालाई संविधानमा रहेको निशान छापमा समेट्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । बैठकमा उपस्थित २५८ जना सांसद सबैले पक्षमा मतदान गरेसँगै नेपालको संसदीय इतिहासमै दुई तिहाई भन्दा बढी मतले संशोधन विधेयक पारित भएको हो । संसदमा उपस्थिति सबै सांसदले विधेयकका पक्षमा मतदान गरेपछि सभामुख अग्नि सापकोटाले उत्साहपूर्ण ढंगले संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरे ।

प्रतिनिधिसभामा कुल २७५ जना सांसद छन् ।

तर, यी सांसद उपस्थित भएनन्,

संविधान संशोधनमा अनुपस्थित सांसदहरु
अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

निलम्बित (जो संसद बैठकमा भाग लिन पाउँदैन)
विजयकुमार गच्छदार
मो. आफताव आलम
हरिनारायण रौनियार
रेशम चौधरी

सभामुखलाई मत दिने अधिकार हुँदैन ।

आवश्यक

– प्रतिनिधि सभामा कुल सांसद- २७५
– कुल उपस्थित सांसद- २५८
– प्रस्तावको पक्षमा – २५८
– संशोधनका लागि आवश्यक दुई तिहाइ हुन आउने संख्या- १९१
– प्रस्तावको विपक्षमा – ०
– मत दिन्न भन्ने – ०

ऐतिहासिक क्षण

सरकारले लिम्पियाधुरासहितको नक्शा जारी गरेसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्शा अद्यावधिक गर्न यो संविधान संशोधन अघि बढाएको थियो । जेठ ७ गते मन्त्रिपरिषद बैठकले पारित गरेको नेपालको नयाँ नक्शा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ । संविधान संशोधन विधेयक पारित भएसँगै नक्सा पनि संसदबाट अनुमोदन भएको छ । र, यसलाई नेपाली राजनीतिज्ञ र आम नागरिकले मुलुककै लागि ऐतिहासिक क्षण भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *