मेलाको बचतले खेल मैदानको स्तरोन्नती

सुनिल कार्की
पाल्पा । जिल्लाको तानसेन नगरपालिका ७ स्थित बाघखोर खेलमैदानको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । पछिल्लो समय सञ्चालित योजनाको खर्च सार्वजनिक नभइरहेको अवस्थामा खेल मैदानको खर्च सार्वजनिक गरी पारदर्शिताको नमूना प्रस्तुत गरिएको हो ।

सूर्यकुण्ड निर्माण उपभोक्ता समितिद्वारा उक्त खेद मैदानको योजनाको काम गरिएको थियो । तानसेन नगरपालिकाको ५ लाख,पाल्पा वंशगोपाल कृषि, पर्यटन एवं सांकृतिक मेलाको बचत ३ लाख गरी कुल ८ लाख बजेटबाट खेल मैदानको स्तरउन्नती गरिएको हो । गएको वर्ष प्रभासमा आयोजना गरिएको मेलाबाट बचत भएको रकमलाई समेत खेल मैदानको निर्माण कार्यमा प्रयोग गरिएको छ । मेला आयोजना गर्दा भएको बचत रकम खेलमैदानको संरक्षणमा प्रयोग गरिएको वंशगोपाल युवा क्लबका अध्यक्ष प्रदिप खनालले बताउनुभयो । खेल मैदानको स्वरुप परिवर्तनको लागि वंशगोपाल युवा क्लबले आर्थिक सँगसँगैं श्रमदान गरेर विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

खर्च विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले यसरी खर्चको सार्वजनिक गरी सुरु गरिएको उदाहरणीय कार्यले योजनाको पारदर्शितालाई बुझ्न सहयोग पुग्ने बताउनुभयो । मेयर शाहीले समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य आफैंमा अनुसरण योग्य रहेको भन्दै योजना सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेल्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै ७ नं वडा कार्यालयका वडाध्यक्ष माधव जिसिले युवाहरुको साथ र सहयोगले वडाको विकासमा टेवा पुगेको भन्दै आगामी दिनमा युवाहरुको सहकार्यमा वडाको थप विकासमा सहकार्य गरेर जाने बताउनुभयो । कार्यक्रममा तानसेन ५ का वडा अध्यक्ष राम बहादुर रावल, ७ नं वडाका वडा अध्यक्ष माधव जिसी,कार्यपालिका सदस्य भिम बहादुर कुमाल,वडा सदस्यहरु सुरेश कोइराला,मिना परियार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम उपभोक्ता समितिका सचिव दुर्गा पाण्डेको सञ्चालन र अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा सम्पन्न भएको हो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *