नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नम्बरी सुनको दरभाउ स्थिर, कति छ तोलाको ?
काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदिको दरभाउ स्थिर रहेको छ । लकडाउनकाबीच गत २५ गतेबाट बजार खुलेदेखि नै लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ ।
बिहीबार १ हजार रुपैयाँले बढेको छापावाला सुन शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ कायम गरिएको छ । चाँदि प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले गिरावट आएको छ ।