बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । मन्त्रिपरिषदले बुधवार राती सुनाएको निर्णय अनुसार विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुनेछ ।
शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको बोर्ड परीक्षा लिनेजस्ता विकल्प पेश गरेकामा सरकारले यस्तो निर्णय लिएको हो । विद्यालयमा क्वारेन्टाइन बनाइएकाले पनि तत्काल परीक्षा लिन सम्भव नभएको निष्कर्ष सरकारले निकालेको छ ।
अब विद्यालयले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । त्यसैको आधारमा लेटर ग्रेड प्रणालीमा नतिजा प्रकाशन हुने बताइएको छ । गएको चैत ६ गतेदेखि तय भइएको एसइई परीक्षा कोरोना जोखिम देखाउँदै अन्तिम समयमा आएर ५ चैतमा स्थगित गरिएको थियो ।