फेरियाे लकडाउनकाे माेडालिटी,यस्ताे छ मन्त्रिपरिषद्काे निर्णय

काठमाडाैँ । सरकाले लकडाउनकाे माेडालिटी परिवर्तन गरेकाे छ । अब सुरक्षा मापदण्ड अपनारए पसल व्यवसाय सञ्चालन गर्न दिने र र निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गने बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर, सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको बैठकमा सहभागि मन्त्रीहरुले बताएका छन् ।

गएको चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दबाब पर्दै आएको छ । बुधवार मात्रै व्यवसायीले प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा केही दिन पहिले विज्ञहरुले कोरोना महामारी लामो समय जाने देखिएको राय दिएपछि कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिलाई सरकारले लकडाउनको ढाँचा परिवर्तन गर्न भनेको थियो । समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र ढाँचा स्वीकृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *