नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नुन किन्ने अवस्था छैन, सुनकाे मूल्य बढेकाे बढ्यै, कति छ ताेलाकाे ?
काठमाडाैँ । सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले बढेर ८९ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार एक सय ६० रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
काेराेना महामारी नियन्त्रण र संक्रमणा राेकथामका लागि भनेर गरिएकाे लकडाउनका कारण करिब साढे २ महिनापछि खुलेकाे सुनकाे काराेबार शुरू भएकाे दाेस्राे दिन देखिनै दरभार बढेकाे बढ्यै छ । लकडाउनका कारण आम नागरिकलाई नुन किन्नै मुस्किल परिहेका बेला लकडाउनकैबीचमा जबरजस्त खुलेको सुन कारोबारमा भने मूल्य बढेको बढ्यै छ ।