एकैदिन थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्याे

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यससँगै संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *