कोरोनाबाट अर्का एक पुरुषको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । पाल्पाको तानसेनस्थित मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो । पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा बिहीबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यससँगै संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेको छ । उनीहरु मध्ये १० जनाको मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *