नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालमा २ वर्षीय बालिकाकाे काेराेनाबाट मृत्यु
काठमाडौं । बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराको जिल्ला अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकाको थ्रोट स्वावको रिपोर्ट पोजेटिभ आएसँगै मृतकको संख्या ८ पुगेको हो । बाजुरा बुढीगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।
उनको स्वाव परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । प्रयोगशालाले दिएको रिपोर्टमा उनको कोरोनाका कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका, आमा र बाबुलाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाव धनगढी पठाइएको थियो । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।