लकडाउनकाे माैका छाेपेर आयल निगमकाे यस्ताे बदमासी, २८ करोडकाे टेण्डरमा पहिल्यै सेटिङ

काठमाडौं । देश यतिबेला काेराेना महामारीकाे संकटमा गुज्रिरहेकाे छ । कोरोना संक्रमण रोकथामका लागि भनेर सरकारले लागू गरेको देशब्यापी लकडाउन ६५ दिनदेखि जारी छ । सबैको ध्यान कोरोना महामारीतिर केन्द्रित भएको मौका छोपेर नेपाल आयल निगमले भने हतार–हतार टेण्डर निकालेको छ ।

निगमले आफु निकटका ठेकेदार कम्पनीलाई पार्ने गरेर २८ करोड बराबरको टेण्डर आव्हान गरेको खुल्न आएको छ । यो टेण्डर आह्वान सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को खरिद नियमावली विपरीत समेत भएको बताइएको छ ।

सरकारले अत्यावश्यक सेवा वाहेकका अन्य सबै गतिविधि बन्द रहेका भने पनि सरकारी स्वामित्वकै आयल निगमले चोर बाटो प्रयोग गरेर २०७६ चैत्र १७ गते टेण्डर आह्वान गरेको हो ।

हेर्नुस निगमले निकालेकाे टेण्डर

आपूर्ति, वितरण, इन्स्टलेशन तथा कमिसिओनिङ र ईआरपी सिस्टम तथा प्लेटफर्मको टेण्डर भएको बताइँदै छ । निगमले गएको वैशाख ७ गते स्काइप प्रि–विड मिटिङ गरेको थियो ।

यो टेण्डरको अन्तिम समावेश मिति २०७७ वैशाख २६ गते थियो । प्राप्त समाचार अनुसार २ वटा मात्र कम्पनीले भाग लिएको थियो । जब कि पीपीएमओको सार्वजनिक खरिद नियमावली छैठौ संशोधनको बुँदा २० को नियम ८४ बमोविम कम्तीमा तीनवटा दरभाउपत्र समावेश हुनुपर्ने उल्लेख छ ।

आयल निगमले आव्हान गरेको यस टेण्डरमा अन्य प्रतिस्पर्धीहरुलाइै कागजात एवं प्रपोजल नै तयार पार्ने मौका नै नदिई हतारमा गरिएको पीपीएमओको प्रतिस्पर्धा सम्बन्धी उल्लंघन भएको देखिन्छ । यस टेण्डरको आरएफपी अध्ययन गर्दा सुरुवाट नै प्रतिस्पर्धा नहुने गरि सेटिङ भएको प्रष्ट हुन्छ ।

मूल्याङकन तथा योग्यताको विधि अनुसार पनि इआरपी सफ्टवेयरको ओइएम नेपाल आयल निगमको पेट्रोलियम विक्रेताले प्रयोग गरेको हुनुपर्छ । नेपाल आयल निगमको पेट्रोलियम विक्रेता भारतीय आयल निगममात्र हो । र, भारतीय आयल निमगले एसएपी फोर हाना इआरपी सफ्टवेयर प्रयोग गरेको पाइन्छ । त्यही कारण यो इआरपी अनुसार प्रतिस्पर्धा नै नगरेर सुरुमै मिलेमतो गरी गरिद गर्ने निधो गरेको प्रष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *