बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भक्तपुरमा प्रहरी इन्काउन्टर : ११ वर्षीय बालक अपहरण गर्ने २ जना मारिए
काठमाडौं । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको खोजीमा खटिएकाे प्रहरी टाेलीकाे इन्काउन्टरमा परी भक्तपुरमा २ जनाकाे मृत्यु भएकाे छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयाे । मृतकको सनाखत भएको छैन । बालकको अवस्था अज्ञात छ ।
सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए।