टीकापुर अान्दाेलनकाे नेतृत्व गरेका थरुहट नेताको घरजग्गा लिलाम हुने

काठमाडाैँ । टीकापुर अान्दाेलनकाे नेतृत्व गरेका थरुहट नेताहरुको घरजग्गा लिलाम हुने भएकाे छ । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थरुहट नेता तथा कार्यकर्ताहरुको घरजग्गा लिलाम हुने भएकाे हाे ।

थरुहट नेता लक्ष्मण थारुको घर जग्गा यही अगामी भदौं ५ गते बढाबढ प्रक्रिया अनुसार लिलाम हुने भएको जिल्ला अदालत कैलालीद्वारा हालै जारी गरेको सूचनामा जनाइएकाे छ ।

विभिन्न  कारोबारका लागि बैंकमार्फत लिएका ऋण तिर्न नसकेपछि घरजग्गा लिलाम हुन लागेकाे हाे । नेता लक्ष्मण थारु काठमाडौंमा थारु भिलेज होटल सञ्चालन गर्दै आइरहेका थिए  ।  स्वायत्त अधिकार र पहिचानसहितकाे संघीयता माग गर्दै २०७२ मा भएकाे  थरुहट/थारुवान आन्दोलनको नेतृत्व गरेका उनी थुनामा परेपछि अहिले होटल  बन्द छ ।

सञ्चालनकै क्रममा होटलका एक साझेदार काठमाडौं महानगरपालिका–३४ नयाँ बानेश्वर बस्ने रविन्द्र चौधरीलाई भुक्तान गर्नु पर्ने साँवा ब्याजसहितको २१ लाख २६ हजार २३१ रुपैयाँ भुक्तानी गर्न नसकेपछि हाल उनको घरजग्गा लिलाम प्रक्रियामा गएको बताइएकाे छ ।

उक्त बेला नेता थारुले भुक्तानीका लागि जारी गरेको चेक बाउन्स ठहर भएपछि रविन्द्र चौधरी जिल्ला अदालत काठमाडौंमा साँवा ब्याजसहितको रकम भराई पाउँ भनि मुद्धा दायर गरेका थिए । त्यही अनुसार अदालतले असुलीको लागि घरजग्गा लिलामी गर्न आदेश दिएको हो ।

अदालतद्वारा जारी गरेको सूचना अनुसार नेतासहित उनका दाजु नैनकुमार चौधरी र भाई धनकुमार चौधरीको संयुक्त नाममा रहेको धनगढी उपमहानगरपालिका–१८ ९साबिक फूलबारी गाविस–१० स्थित कित्ता नं। ६६३ को ६८५ वर्ग मिटर कित्ता नं। ६६४ को १०२० वर्गमिटर र कित्ता नं. ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तिरको जमिन लिलाम हुने भएको हो । अदालतले उक्त तिनै कित्ताको न्यूनतम मूल्य २१ लाख ३० हजार निर्धारण गरेका छ ।

त्यस्तै यता थारु कल्याणकारिणी सभा कैलालीका सभापति तथा आन्दोलन परिचालन समितिका संयोजक लाहुरामले फर्निचर उद्योग सञ्चालनको क्रममा धनगढीस्थित एनआइसी एसिया बैंकबाट ऋण लिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *