नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिए एकै दिन ६ हजार नेपाली
लम्की । सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मङ्गलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार ११३ नेपाली नेपाल भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६९४ नेपाली नेपाल भित्रिएका हुन् ।
ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कने क्रम बढेकोछ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरू क्वारेन्टाइन बस्ने भएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको छ ।