नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

संविधान संशोधनको विषयमा थप छलफल गर्न माग
काठमाडौँ । संविधान संशोधनको विषयमा थप छलफल गर्नका लागि नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति बनाउनका लागि आज सर्वदलीय बैठकको बाेलाउनु भएको थियो । सो बैठकमा नेपाली काँग्रेसले त्यसको बारेमा थप अध्ययन गर्नुपर्ने भएकाले समय माग गरेको नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
जनता समाजवादी पार्टीले पनि संविधान संशोधन प्याकेजमै गर्ने कुरा उठाएको थियो । जसपा नेपालको तर्फबाट बोल्नु हुँदै नेता महन्थ ठाकुरले नक्साको बारेमा संविधान संशोधन हुन लागेको छ त्यसमा आफूहरूको कुनै अपत्ति छैन तर त्योसँगै आफूहरूले विगतदेखि उठाउँदै आएको माग समेटदै प्याकेजमै संविधान संशोधन हुनेपर्ने कुरा राखेको जसपा नेपालका नेता शरतसिंह भण्डारीले बताउनुभयो ।