जापानमा आपतकाल अन्त्य

टोकियो । जापानमा कोरोना संक्रण रोकथामका लागि गरिएको देशब्यापी आपतकाल सोमबारबाट अन्त्य भएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले देशभर लागू गरिएको आपतकाल अन्त्य भएको घोषणा गरेका हुन् ।

साेमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री आवेले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विशेष मापदण्डका आधारमा लागू गरिएको आपतकाल हटाइएको हो । कोरोनाको तीव्र संक्रमणका कारण गत अप्रिल ७ तारिखबाट ७ प्रिफेक्चर र अप्रिल १६ मा आपतकाललाई देशका ४७ वटै प्रिफेक्चरमा लागू गरिएको थियो ।

जापानभर मे ३१ तारिखसम्म आपतकालिन अवस्था घोषणा गरिएपनि स्थिति सुधारपछि यसअघिनै ४२ वटा प्रिफेक्चरमा अपातकाल रद्द गरिएको थियो ।

जापानमा १६ हजार ४ सय ६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ८ सय ४२ जनाको मृत्यु भएको छ ,,। १३ हजार ३ सय ३३ जना उपचारपछि निको भएका छ्न् । २ हजार भन्दा धेरै एक्टिभ केस रहेका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *