बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

फेरि थपिए नेपालमा कोरोना संक्रमित
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । पछिल्लो विवरण अनुसार ६ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको हो ।
अछाम मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं–१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ ।
यसअघि आज बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए । अहिलेसम्म १ सय ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।