बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

भाेलि सार्वजनिक बिदा
काठमाडौं । मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदुलफित्रको अवसरमा सोमवार सरकारले सार्वजनिक विदा दिएको छ । जेठ ९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार आइतवारलाई सार्वजनिक विदा दिने घोषणा गरेको सरकारले सूचना सच्याएर सोमवार विदा दिएको हो ।
शनिबार दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण १२ गते मात्रै इदुलफित्र मनाउने भनेर मुस्लिम आयोगले अनुरोध गरेका कारण सोमवार मात्रै सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले इदुलफित्रको अवसरमा शुभकामना दिएका छन् । उनले कोरोना भाइरसको महामारीबीच मनाउन लागिएको यो पर्व घरमै रहेर सुरक्षित तवरले मनाउन आग्रह गरे ।
अरबी पात्रोको नवौँ महिनालाई रमदान भनिन्छ । यो महिनाको हरेक दिन मुस्लिम धर्मालम्बी ब्रत बस्छन् जसलाई रोजा भनिन्छ । रमदानअवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यो पर्व समापन हुन्छ । अरबी भाषामा इदको अर्थ खुसी र फित्रको अर्थ दान हुन्छ । इद पर्वमा खाली मैदान अथवा त्यो नभए मस्जिदमा नमाज पढ्ने गरिन्छ । तर, यो पल्ट कोरोनाका कारण एकै ठाउँमा भेला नहुन भनिएको छ ।