नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जब नर्स भित्रि वस्त्रमा कोरोना संक्रमित पुरुष वार्डमा पसिन्…
एजेन्सी । कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्स भित्रि पोशाक र पारदर्शी पीपीई मात्रै लगाएर पुरुष वार्डमा पुगेपछि रुसमा सनसनी फैलिएको छ ।
सार्वजनिक भएको फोटोमा उनले भित्रि वस्त्र ब्रा र पेन्टीसँगै पारदर्शी पीपीई लगाएकी छन् । २० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरूष वार्डमा खटिएकी थिइन्। यो वार्डमा पुरुष कोरोना संक्रमित उपचाररत छन् ।
जब भित्रि पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ। ती नर्सले भने उखर्माउलाे गर्मी भएका कारण भित्रि पोशाक मात्रै लगाएर वार्डमा गएको प्रतिक्रिया दिएकी छिन्।