बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता
काठमाडौँ । सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।
मन्त्रिपरिषद्ले निशान छाप संशोधन गर्ने निर्णय गरेको केही घण्टामै सरकारले प्रतिनिधि सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो । लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानको अनुसूची–३ मा निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने प्रस्ताव दर्ता गरेका हो।
सरकारले बुधवार लिम्पियाधुरा, कुटी, गुञ्जी, नावी, लिपुलेख र कालापानीसहितका भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान संशोधन गर्ने यो तेस्रो प्रस्ताव हो ।
पहिलो प्रस्ताव पारित भएपनि दोस्रो प्रस्ताव भने अस्वीकृत भएको थियो । आर्थिक वर्ष २०७७–०७८ को नीति कार्यक्रममा उल्लेख भएअनुसार सरकारले नीति तथा कार्यक्रम पारित भएको भोलिपल्टै नक्सा सार्वजनिक गरेर आफ्नो घोषणा तत्कालै कार्यान्वयन गरेको छ । संविधानको धारा २७४ अनुसार संविधान संशोधन हुन संघीय संसदको दुवै सदनमा छुट्टा–छुट्टै कम्तिमा दुई तिहाइ बहुमतले अनुमोदन गर्नपर्ने व्यवस्था छ ।
यस्तै, सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयकमा भएको साविकको प्रावधान जगाउने अध्यादेशको प्रतिस्थापन विधेयक पनि राष्ट्रियसभा सचिवालयमा दर्ता गरेको छ ।