सामाजिक सञ्जालमा ओलीको तारिफ, बामदेवको तात्यो कन्सिरी

काठमाडौँ । लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि प्रधानमन्त्रीको जय–जयकार गरिएकोप्रति नेकपाकै उपाध्यक्ष वामदेव गौतमले विमत्ति जनाउनु भएको छ ।

उपाध्यक्ष गौतमलाई यसरी एउटा व्यक्तिको जय–जयकार गरेको फिटिक्कै मन नपरेको कुरा सार्वजनिक भएको हो । उपाध्यक्ष गौतमले लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित भएकाले निश्चित व्यक्तिको देवत्वकरण गर्न जरुरी नरहेको बताउनु भएको छ ।

उहाँले अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन विद्यमान छ भन्दै यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्ने धारणा राख्नु भएको छ ।

सोमवार मात्रै सरकारले लिम्पियाधुरासम्म भु–भाग समेटेर नेपालको नक्सा पारित गरेको थियो । नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको उच्च प्रशंसा गरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *