काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो, यसलाई फिर्ता लिएरै छाडिन्छ : प्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।
‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापनीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उहाँले भन्नुभयाे, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’
कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उहाँको भनाइ थियो ।
उहाँले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसदलाई जानकारी गराउनुभएकाे छ । सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको बताउनुभयाे । उहाँले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाउनुभयाे । उहाँले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताउनुभयाे ।
संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।