नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
सरकारकाे नीति कार्यक्रममाथि संसदमा उठेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री [ Live Video ]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलगायत बाहिरी मुलुकबाट आउनेहरुले नै कोरोना भित्र्याइरहेको बताउनु भएको छ ।
सरकारले ल्याएका नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कम्युनिटी तहमा कोरोना फैलिएको घटना थोरै रहेको र बाहिरबाट आउनेहरुबाट बढी भित्रिएको बताउनु भएको हो ।
उहाँले अन्य मूलुकबाट आएको भन्दा भारतबाट भित्रिएको कोरोना कडा खालको भेटिएको समेत सुनाउनु भयो । अमेरिका, रुस, चीन लगाउतका मुलुकको कोरोना विध्वंशबारे जानकारी दिँदै उहाँले यो रोगले मानव जाति नै संकटमा परेको बताउनु भयो ।
यस्तै, उहाँले कोरोना रोकथाकका लागि सरकारले पर्याप्त काम गरिरहेको दावी समेत गर्नु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन परेको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन दिनु भएको छ ।