बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नीति तथा कार्यक्रममा उठेको प्रश्नमाथि संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिनुहुने भएकाे छ । संसदको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
सो नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै छलफल भएको थियो ।
छलफलको क्रममा उठाइएका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची रहेको छ । कार्यसूची अनुसार प्रतिनिधिसभाको बैठक १२ बजे र राष्ट्रियसभाको ११ बजे बस्ने छ ।
बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।
त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।